काठमाण्डौंः स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्यप्रति सरकार जिम्मेवार रहेको बताएका छन् । योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयको मंगलबार निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना महामारीबाट नागरिकलाई बचाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताए ।
उनले भने, “महामारीबाट नागरिक बचाउन सके, विकास निर्माणपछि गरौँला । जनतालाई परेको समस्यामा तीनै तहका सरकार एकै ठाउँमा भएर सहयोगी बनेका छन् । आत्मबलले कोरोनासँग जित्न सकिन्छ । कोरोनाका कारण मानवीय क्षति नहोस् भन्नेतर्फ सरकार केन्द्रित रहेको मन्त्री ढकालको भनाइ थियो ।
सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सबैको सल्लाहअनुसार आइशोलेसन स्थापना गरिएको बताइन । नब्बे जनाको क्षमता रहेको सो आइशोलेसनमा संक्रमितको संख्या बढ्दै गए दुई सयजनासम्म राख्न सक्ने गरी व्यवस्था गरिने उनले जनकारी दिइन् ।










